बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

सांगीतिक प्रतिभा प्रस्फुटन हुने क्रम जारी

टोकियो – जापानको रोजगारीबाट बचेखुचेको समयलाई सदुपयोग गर्दै रुबिलो आवाजका धनी रमेश पाण्डे (छबि) ले ’बानी मेरो यस्तै छ हाँस्ने बोलनी’ बोलको दोहोरीको म्युजिक भिडियो सार्बजनिक गरेका छन् ।
लोकप्रिय गायिका जमुना सनम र पाण्डेको आवाज रहेको सो म्युजिक भिडियो युट्यूबमार्फत हालै सार्बजनिक भएको हो ।
सागर बिरहीको लय शब्द र बब्बु थापाको निर्देशन रहेको उक्त सिर्जनामा प्रकाश सपुत र करिश्मा ढकालको अभिनय रहेको छ ।
सनम क्रियशन प्रा. लि. ले बजारमा ल्याएको सो म्युजिक भिडियोको दुर्गा पौडेलले छायाङ्कन गरेका हुन् ।
गायक पाण्डे बिगत एक वर्षदेखि टोकियो रोधी क्लवमा आबद्ध छन् ।

गायक पाण्डेले समुद्रपारिसंग संक्षिप्त कुरा गर्दै भने – बिदेशको असहज परिस्थितिका कारण चाहना हुंदै हुंदै पनि लामो समयदेखि सांगीतिक क्षेत्रबाट टाढा रहनुपर्दा मेरो हराईसकेको जांगर फेरि ब्युँताईदिने टोकियो रोधी क्लवप्रति ज्यादै आभारी छु, रोधी क्लव नभएको भए यो क्षेत्रमा आफुलाई पुन:र्ताजगी गर्न संभव थिएन ।’ नेपालमा छंदा करिव आधा दशक समय उनले सांगीतिक क्षेत्रमै बिताएका थिए । यद्यपि ’बानी मेरो यस्तै छ’ एल्बम नै गायक पाण्डेको पहिलो सिर्जना भएको उनले बताए ।

स्मरण रहोस्, टोकियो रोधी क्लवले सात समुद्रपारको मुलुकमा रहेर पनि नेपाली मौलिक कला, सँस्कृति गीत, संगीतको संरक्षण, संबर्द्धन र साधना मात्र गरेको छैन, सुसुप्त अवस्थामा रहेका थुप्रै स्रष्टा, सर्जक र प्रतिभाहरुलाई निद्राबाट ब्युँझाइदिनुका साथै प्रवासको रस्ती-बस्तीबाट आ-आफ्ना प्रतिभा प्रस्फुटन गर्न अभिप्रेरित पनि गर्दै आएको छ । जसले गर्दा पछिल्ला छोटो समयमै एकपछि अर्को गर्दै करिव आधा दर्जन प्रतिभाले आ-आफ्ना सिर्जना पस्किसकेका छन् भने अझै पस्कने क्रम जारी छ ।***

तपाईको प्रतिक्रिया