शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – तपाईलाइ पनि बिहान मनै नलागेर अजै सुतौ सुतौ झैँ लाग्छ र ढिला सम्म सुत्ने बानी छ भने साबधान हुनुहोस् । यस्तो किसिमको बानीले स्वास्थ्यमा असर गर्न सक्छ । यदी तपाइँलाई पनि विहान उठ्न गार्हो हुन्छ भने तपाइँलाई यी रोगको समस्या हुन सक्छ ।

अनुसन्धानकर्ताहरुको अध्ययनले यस्तो भन्छः 

१. यदि कुनै पनि मानिस विहान ढिलासम्म सुत्छन् भने उनीहरुको दिमाग बढी निराश हुने गर्दछ । यस्ता खालका ब्यक्तिहरुमा आत्महत्याको भावना समेत बढी हुने गर्दछ ।
२. जुन ब्यक्ति दिउसोको समयमा सुत्छन् उनीहरु मोटोपनको शिकार हुन्छन् ।
३. ढिलो सम्म सुत्ने ब्यक्तिको पाँचन प्रणाली समेत विग्रिन सक्छ । पेट सम्बन्धि रोगले सताउन सक्छ ।४. यदि तपाइँ घुर्नु हुन्छ र स्वास रोकिएर रातमा पटक पटक ब्युझिँनु हुन्छ भने तपाइँलाई स्लीप एपनिया भएको हुन् सक्छ । यस्ता ब्यक्ति पनि विहान ढिलो सम्म सुतेपनि निद्रा नपुगेका जस्ता देखिन्छन् ।
५. दिलो सम्म सुत्ने मानिसहरुमा अल्छीपन तथा जागर नलाग्ने समस्या पनि हुने गर्दछ । यस्ता मानिसहरुलाई रिस बढी उठ्ने पनि समस्या हुने गर्दछ ।

तपाईको प्रतिक्रिया