बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौँ – साहित्यकार पवन आलोकद्वारा लिखित ‘अरुण–एक्सप्रेस’ नामक यात्रा उपन्यासबारे आज यहाँ अन्तरक्रिया गरिएको छ ।

नेपाल सष्ट्रा समाजको आयोजनामा यहाँ आज भएको अन्तरक्रिया कार्यक्रममा नेपाल प्रज्ञा– प्रतिष्ठानका उपकुलपति विष्णुविभु घिमिरेले साहित्यकार आलोकले विविध विधामा कलम चलाउने भएपनि यस उपन्यासमा उहाँको लेखनशैली विशिष्टरुपमा झल्किएको बताउनुभयो ।

उहाँले सुन्दरशैलीमा लेख्नुभएको कृति पठनीय भएको बताउनुभयो । कार्यक्रममा स्रष्ट्रा नगेन्द्रराज शर्माले नेपाली साहित्यमा नयाँ कृतिका रुपमा ‘अरुण–एक्सप्रेस’ आएको बताउनुभयो ।

कार्यक्रममा समीक्षक प्रा. डा. कृष्णप्रसाद दाहाल, प्रा. डा. गोविन्दमानसिंह कार्की र महेश पौड्यालले कृतिका विविध आयामबारे प्रकाश पार्नुभएको थियो । लेखक आलोकले प्रेम कथामा आधारित भएर सातवटा देशको यात्राको कुरा उपन्यासमा उल्लेख गरिएको जानकारी गराउनुभयो ।

सोही अवसरमा आलोकको नयाँ कृति ‘केही सम्झना र केही सिर्जना’ निबन्ध सङ्ग्रह र समाजको साहित्यिक प्रकाशन ‘श्रष्टा दर्पण’ उपकुलपति घिमिरेले विमोचन गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया