बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

काठमाडौं – केही दिन अघिमात्र बिश्वबजारमा सार्वजनिक भएको आइफोनको बिशेष संस्करण ‘आइफोन रेड’ नेपाली बजारमा पनि आइपुगेको छ । नेपालका लागि आइफोनको आधिकारिक बिक्रेता जेननेक्स्ट कम्युनिकेशनले आइफोन रेड नेपाल बजारमा बिक्रि सुरु गरेको जनाएको छ ।

आइफोन रेड १२८ जीबी र २५६ जीबी स्टोरेजमा उपलब्ध हुनेछ भने संस्करणको मूल्य पनि यसअघिका ब्ल्याक, रोज गोल्ड, सिल्भर एडिसनकै बराबर ताकिएको छ । अर्थात् रेड संस्करणका लागि ग्राहकले अतिरिक्त शुल्क तिर्नुपर्ने छैन ।

आइफोन रेड आइफोनका आधिकारिक बिक्रेताहरु ओलिज स्टोर, इभो स्टोर, फ्यूचर वर्ल्डबाट किन्न सकिने छ । आइफोनसँगै सक्कली भ्याट बिल र एक वर्षको वारेन्टी प्राप्त गर्नका लागि केबल आधिकारिक आइफोनहरु आधिकारिक बितरकबाट मात्र किन्न जने नेक्स्टले अनुरोध गरेको छ ।

ग्राहकले खरिद गरेको एप्पलका उत्पादनहरु आधिकारिक हुन वा होइनन थाहा पाउनका लागि ग्राहकले यो वेबसाइट लिंकमागएर आइफोनको सिरियल नम्बर अथवा आईएमईआई नम्बर राखेर जाँच गर्न सक्नेछन ।

तपाईको प्रतिक्रिया