बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

काठमाडौं – आगामी एक महिनाभित्र सिंहदरवारका लागि आवश्यक पानी त्यहीँभित्र उत्पादन गरिने भएको छ । खानेपानी तथा सरसफाई मन्त्रालयका अनुसार पानी उत्पादनका लागि ट्युवेल र पानी प्रशोधन केन्द्रको निर्माणसमेत सम्पन्न भइसकेको छ ।

एक सेकेन्डमा १० लिटर पानी
मन्त्रालयका अनुसार ट्युवेल तथा प्रशोधन केन्द्रबाट प्रतिसेकेन्ड १० लिटर पानी उत्पादन गर्नेगरी तयारी गरिएको छ । यो पानी सिंहदरवारका सबै मन्त्रालय र निकायमा वितरणको व्यवस्था गरिने छ । यसका लागि वितरणको व्यवस्थापनको काम पनि भइरहेको मन्त्रालयले बताएको छ ।

तर, खान नमिल्ने, अन्य प्रयोजनमा प्रयोग गर्न सकिने
मन्त्रालयका अनुसार सिंहदरवारभित्र उत्पादन गरिने पानी पिउन भने मिल्दैन । आइरनको शुद्विकरण गर्न सकिए पनि एमोनिया अत्यधिक भएकाले र यसलाई निर्मूल गर्न नसकिँदा पिउने प्रयोजनमा यो पानी प्रयोग गर्न नसकिने मन्त्रालयले जनाएको छ ।

त्यस्तै, उत्सर्जित फोहोर पानी, दिशाजन्य लेदो पनि भित्रैबाट जिरोवेस्ट व्यवस्थापन गर्न लागिएको मन्त्रालय बताउँछ ।

तपाईको प्रतिक्रिया