शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमण्डौं नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय निकायको निर्वाचन तोकिएकै समयमा हुने बताउनुभएको छ । सुनसरी सदरमुकाम इनरुवामा बिहीबार राससकर्मीसँग कुराकानी गर्नुहुँदै नेता पौडेलले सो कुरा बताउनुभएको हो ।

उहाँले स्थानीय निकायको निर्वाचन नभए प्राप्त भएको उपलब्धिसमेत गुम्ने खतरा भएका कारण स्थानीय निकायको निर्वाचन आवश्यक छ भन्नुभयो ।वरिष्ठ नेता पौडेलले मधेसी मोर्चासँग वार्ता भइरहेका कारण सबैको सहमति र सहभागितामा वैशाख ३१ गते नै स्थानीय निकायको निर्वाचन हुने दाबी गर्नुभयो । उहाँले निर्वाचन मुलुकको विकास, सङ्घीयता र संविधान कार्यान्वयनका लागि महत्वपूर्ण भएकाले यो अनिवार्य रहेको बताउनुभयो ।

फरक प्रशङ्गमा नेता पौडेलले नेपाली काँग्रेस जनताको पार्टी भएको, देशभरी नै सङ्गठन भएका कारण आफनो पार्टीले सबै क्षेत्रमा जित्ने दाबी गर्नुभयो ।

तपाईको प्रतिक्रिया