शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमण्डौं – परराष्ट्रमन्त्री डा प्रकाशशरण महतसँग आज परराष्ट्र मन्त्रालयमा नेपालका लागि भारतका नवनियुक्त राजदूत मन्जिभसिंह पुरीले शिष्टाचार भेट गर्नुभयो । भेटका क्रममा नेपाल र भारतको आपसी सम्बन्धका साथै नेपालको पछिल्लो राजनीतिक अवस्थाका बारेमा कुराकानी भएको थियो ।

भेटमा परराष्ट्रमन्त्री महतले स्थानीय तहको निर्वाचनको तयारी व्यापक रुपमा सरकारले गरिरहेको र त्यसमा सबै राजनीतिक दललाई समेटेर निर्वाचनमा सहभागी गराउने गृहकार्य भइरहेको बताउनुभयो । विकास प्रयासलगायत नेपालको बृहत्तर हितमा पुर्याउँदै आएको सहयोगप्रति मन्त्री महतले राजदूत पुरीमार्फत भारत सरकारलाई धन्यवाद ज्ञापन गर्नुभयो । मन्त्री महतले पुरीको सफल कार्यकालका लागि शुभकामना पनि व्यक्त गर्नुभयो ।

राजदूत पुरीले नेपाल र भारतबीचको सदियौं पुरानो सम्बन्धको स्मरण गर्दै आफ्नो कार्यकालमा दुई देशको सम्बन्धलाई थप मजबुत बनाउन आफूले हरसम्भव प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया