बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

काठमाडौं – नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा देखिएका राजनीतिक अस्थिरतालाई निर्वाचनले टुङ्गो लगाउने बताउनुभएको छ । नेपाल तरुण दलले आज सदरमुकाम दिक्तेलमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै उहाँले स्थानीय निकायको निर्वाचनमार्फत देशमा देखिएका सबै राजनीतिक अस्थिरता समाधार हुनेमा आफू विश्वस्त रहेको स्पष्ट पार्नुभयो ।

संविधान कार्यान्वयन गर्न पनि निर्वाचन गर्नैपर्ने अवस्था रहेको बताउँदै उहाँले भन्नुभयो, “निर्वाचन नगर्ने हो भने प्राप्त उपलब्धि गुम्न सक्छ । त्यसैले प्राप्त उपलब्धिलाई संस्थागत गर्न निर्वाचन अनिवार्य गर्नुपर्ने अवस्था आएको छ ।”  काँग्रेस केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले हिंसालाई शान्तिमा बदल्न नेपाली काँग्रेसले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया