मंगलबार, बैशाख ११, २०८१
Tuesday, April 23, 2024

काठमाडौं – एसीसी इमर्जिङ नेशन्स कप क्रिकेट अन्तर्गत अफ्नो दोस्रो खेलमा बंगलादेशले दिएको २५८ रनको लक्ष्य पछ्याएको नेपालले दोस्रो ओभरमै पहिलो विकेट गुमाएको छ । दोस्रो ओभरको अन्तिम बलमा बंगाली बलर अइफ उद्धिनको बलमा ओपनर तथा कप्तान ज्ञानेन्द्र मल्ल आउट भएका हुन् । उनले १० बलको सामना गरेपनि रनको खाता खोल्न सकेनन् ।

बंगलादेशले नेपाललाई दियो २५८ रनको लक्ष्य
एसीसी इमर्जिङ नेशन्स कप क्रिकेट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशबाट जितका लागि २५८ रनको लक्ष्य पाएको छ । शेख कमल अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर ब्याटिङ गरेको बंगलादेशले निर्धा्रित ओभरमा ९ विकेट गुमाउँदै २५७ रनको योगफल बनायो ।

सुरुवाती तीन जना ब्याट्सम्यान सस्तैमा आउट भए पनि बंगाली कप्तान मोमिनुल हक र नसिर हुसेनले मध्यक्रमबाट इनिङ सम्हाल्दै टोलीलाई सम्मानजनक स्थितिमा र्पुयाए । छैटौं नम्बरमा ब्याटिङमा आएका हुसेनले अविजित १०९ रनको शतकीय पारी खेले ।  उनले ११५ बलको सामना गरी १२ चौका र २ छक्का हिर्काएका थिए । एउटा एण्डबाट विकेट झरिरहँदा नसिर हुसेनले बंगलादेशको पारी सम्हाल्दै उत्कृष्ट ब्याटिङ गरे ।नवौं विकेटका लागि उनले अब्दुल हसन राजुसँग मिलेर ७६ रनको साझेदारी गरेपछि बंगलादेशले ठूलो योगफल बनाउन सफल भयो । अब्दुलले २९ रन बनाए ।

२६औं ओभरमा युवा स्टार सन्दिप लामिछानेको बलमा आउट हुनुअघि कप्तान हकले पनि ६१ रनको अर्धशतकीय पारी खेले । उनले नसिरसग मिलेर पाचौं विकेटका लागि ७८ रनको ठोष साझेदारी गरे । यसअघि सुरुवाती पाच ओभरमै अभिनाश कर्णले बंगलादेशको तीन विकेट झारेका थिए ।

११औं ओभरमा मेहवुव आलमले पनि १ विकेट लिए । युवा स्टार सन्दिप लामिछानेले दुई विकेट लिए । कप्तान ज्ञानेन्द्र र दीपेन्द्र सिंह ऐरीको नाममा एक एक विकेट रह्यो ।

तपाईको प्रतिक्रिया