शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं  – इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा बंगलादेशविरुद्ध नेपालले टस जितेर पहिला फिल्डिङ गरिरहेको छ । नेपालले अहिलेसम्म चार विकेट लिएको छ ।

१७ ओभरको खेल सकिँदा बंगलादेशले चार विकेटको क्षतिमा ७२ रन बनाएको छ । कक्स बजारमा जारी खेलमा नेपालका अविनाश कर्णले तीन तथा मेहबुब आलमले एक विकेट लिएका हुन् ।

यसअघि सोमबार भएको पहिलो खेलमा नेपाल पाकिस्तानसँग ६ विकेटले पराजित भयो । एसियाली क्रिकेट परिषद एसिसीको आयोजनामा भइरहेको प्रतियोगितामा चार एसोसिएट राष्ट्र नेपालसँगै अफगानिस्तान, मलेसिया र हङकङ तथा टेष्ट मान्यताप्राप्त राष्ट्र पाकिस्तान, भारत, बंगलादेश र श्रीलंकाका २३ वर्षमुनिका खेलाडीको सहभागिता छ ।

नियमित कप्तान पारस खड्का यस प्रतियोगितामा अनुपस्थित छन् । प्रमुख तीन बलर शक्ति गौचन, सोमपाल कामी र बसन्त रेग्मी पनि टिममा छैनन् । नेपाल रहेको समूह ‘ए’ मा पाकिस्तान, बंगलादेश र हङकङ तथा समूह ‘बी’ मा भारत, श्रीलंका, मलेसिया र हङकङ छन् ।

तपाईको प्रतिक्रिया