बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

काठमाडौं – एसीसी इमर्जिङ नेशन्स कपको आफ्नो पहिलो खेलमा नेपाल पाकिस्तान यू –२३ टोलीसँग ६ विकेटले पराजित भएको छ । बंगलादेशको शेख कमल अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशालामा नेपालले दिएको १८१ रनको लक्ष्य पाकिस्तानी टोलीले ४६ औं ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।

पाकिस्तानी टोलीका लागि इमाम उलहकले १०४ रन बनाए । उनले १३५ बलमा ९ चौका प्रहार गरे । नियमित कप्तान पारस खड्का, बसन्त रेग्मी, शक्ति गौचन र सोमपाल कामी बिना नै मैदानमा उत्रिएको नेपालले पाकिस्तानलाई सहजै जित्न दिएन । टेष्ट मान्यताप्राप्त पाकिस्तानी टोलीमा एकदिवशीय अनुभव भइसकेका खेलाडीहरू छन् । नेपालका कप्तान ज्ञानेन्द्र मल्लले पार्टटाइम बलरको रुपमा २ विकेट झारे भने युवा स्टार सन्दिप लामिछानेले पनि २ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले औषत प्रदर्शन गर्दै निर्धा्रित ओभरमा ९ विकेट गुमाएर १८० रन बनाएको थियो । बलिङतर्फ बंगलादेशका गुलाम मुदासारले ५ र उसामा मिरले २ विकेट लिएका थिए । प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले भोलि बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।

तपाईको प्रतिक्रिया