शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडौं – एसीसी इमर्जिङ कपको पहिलो खेलमा नेपालले पाकिस्तानलाई १८० रनको चुनौति दिएको छ। निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै पाकिस्तानको २३ वर्ष मुनिको टोलिविरूद्ध नेपालले १८० रन बनाएको हो ।
टस हारेर ब्याटिङमा ओर्लिएको नेपालका लागि प्रारम्भिक ब्याट्सम्यान सुनिल धमलाले सर्वाधिक ४३ रन बनाए । उनले १२५ बलको सामना गर्दै ३ चौकाको मद्धतमा ४३ रन बनाएका हुन् । शरद भेष्वाकरले ५९ बलमा ३८ रन जोडे । अर्का प्रारम्भिक ब्याट्सम्यान ज्ञानेन्द्र मल्ल २ रनमा आउट भए । सागर पुन एउटा चौका हानेर आउट भए र बिनोद भण्डारीले २४ रन बनाए भने आरिफ शेखले अविजित १८ योगदान गरे। मेहेबुब आलम शुन्य र शुसन भारी ३ रनम आउट भए। पाकिस्तानी टोलीले केहिबेरमा जवाफी ब्याटिङ गर्दैछ ।

तपाईको प्रतिक्रिया