शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – ४३ लाख ८९ हजार नेपाली वैदेशिक रोजगारीमा रहेको वैदेशिक रोजगार विभागको तथ्यांक छ। वैदेशिक रोजगारीमा गएकामध्ये दुई सय २७ जना नेपाली विभिन्न मुलुकका जेलमा छन् ।

हत्या, बलात्कार, लागूऔषध कारोवारलगायतका गम्भीर अभियोगमा उनीहरुले जेलजीवन बिताइरहेका हुन्। तीमध्ये केहीलाइृ मृत्युदण्डको सजाय सुनाइएको छ, केही ब्लडमनी तिर्न नसकेर जेलमा छन् भने केहीलाई जन्मकैदको सजाय सुनाइएको छ ।

यीबाहेक कागजात नमिलेर, भिसाको म्याद सकिएरलगायत अन्य सामान्य अभियोगमा के कति नेपाली पक्राउ परेका छन् भनेतथ्यांक सरकारसँग छैन ।

तपाईको प्रतिक्रिया