शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

कैलाली – नयाँ शक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले नेकपा एमालेका कारण देश विखण्डनमा जान सक्ने खतरा रहेको बताउनुभएको छ । आज नयाँ शक्ति नेपालको तराई पहाड हिमाल÷थरुहट राष्ट्रिय एकता अभियानलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो ।

डा भट्टराईले सत्तामा रहेका र सत्ता बाहिर रहेका दलहरुले नेपाललाई विखण्डन गर्न खोजी रहेको आरोप लगाउँदै भने देशलाई विखण्डन हुन नदिन नयाँ शक्ति लागिरहेको बताउनुभयो । हिमाल पहाड तराईका जनताहरुलाई समान अधिकार दिन संविधान संशोधनको आवश्यक रहेको बताउँदै डा.भट्टराईले सत्तामा रहेका व्यक्ती र मधेशी दल दुवैविच सहमती गरेर अगाडि बढाउनुपर्ने र यथाशिघ्र निर्वाचन गर्नुपर्नेमा जोडदिनुभयो ।

नयाँ शक्ति नेपालले अब मिसन प्लान, एक्सनको माध्यमबाट सपनालाई विपनामा बद्ल्नका लागि अग्रिम भुमिका खेलिरहेको दाबी गर्दै डा.भट्टराईले यी तीनबटा माध्यमलाई अवलम्बन गरि देशलाई विश्वका अन्य देशभन्दा धनी राष्ट्रको रुपमा परिणत गर्ने बताउनुभयो । एकल जातीय अहंकारबादका विरुद्ध नयाँ शक्ति नेपाल अग्रस्थानमा लागि रहने बताउँदै डा. भट्टराईले यो बादलाई निरुत्साहित गरि नेपाललाई जोड्ने अभियानको नेतृत्व नयाँ शक्ति नेपालले लिने ताउनुभयो ।

नयाँ शक्ति नेपालले यहि चैत ९ गते लहानदेखि शुरु गरेको हिमाल पहाड तराई÷थरुहट, मधेश राष्ट्रिय अभियानको समापन आज धनगढीमा सम्पन्न गरेको छ । समापन कार्यक्रममा साँसद गंगा चौधरी, नयाँ शक्ति नेपाल पार्टीका कार्यकारणी सदस्य हिसिला यामी, करिश्मा मानन्धर, नवराज सुवेदी, महेन्द्र पासवाङ्ग, जनक शाह, कृषि प्राविधिक राजु राना लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया