शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – नेपालका लागि नवनियुक्त भारतीय राजदूत मञ्जिवसिंह पुरीले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र पेश गर्नु भएको छ । आज राष्ट्रपति कार्यालय शितलनिवासमा आयोजित विशेष समारोहमा उहाँले आफ्नो ओहदाको प्रमाणपत्र पेश गर्नुभएको हो ।

हिजो नेपाल आएका पुरीले भोलीदेखि आफ्नो जिम्मेवारी सम्हाल्ने भारतीय दूतावासले जनाएको छ । यसैबीच आजै नेपालका लागि दक्षिण अफ्रिकाकी गैर आवासीय राजदूत रोविना पाट्रिसिया मार्क्सले पनि राष्ट्रपति विद्यादेवी भण्डारीलाई आफ्नो ओहदाको प्रमाणपत्र बुझाउनु भएको छ । उक्त समारोहमा प्रधानसेनापति राजेन्द्रबहादुर क्षत्री, निमित्त परराष्ट्र सचिव मणिप्रसाद भट्टराई तथा राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीको उपस्थिति थियो ।

भारतका राजदूत सिंह आफ्नो कार्यभार सम्हाल्न हिजो राजधानी आउनुभएको हो । राजदूत माकर्स् श्रीलङ्काका लागि दक्षिण अफ्रिकी कूटनीतिक हुनुहुन्छ । राजदूतहरुलाई काठमाडौंस्थित होटल सांग्रिलादेखि राष्ट्रपति कार्यालय शीतलनिवाससम्म बग्गीमा सवार गराइएको थियो ।

तपाईको प्रतिक्रिया