बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

काठमाडौं – काठमाडौँको ठमेलमा प्रहरीलाई नै आश्चर्यचकित बनाउने गरी १९ राउण्ड वेवारिसे गोली भेटिएको छ । अमृत साइन्स क्याम्पसबाट ज्याठा जाने बाटोमा फोहोरको थुप्रोमा १९ राउण्ड गोली भेटिएको हो ।

प्रहरीका अनुसार, फोहोर उठाउने क्रममा बालबालिकाले खेलाइरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्याष्टिकको पोकोमा बेरेर राखिएको अबस्थामा फेला परेको १९ राउन्ड गोली ६.५ क्यालिभरको गोली भएको प्रहरीले बताएको छ । ‘फाहोर उठाउने कन्टेनरका चालकले सडक वालवालिकाले भेटेको प्लास्टिक भित्र गोली देखेपछि प्रहरीलाई खबर गरेका हुन् ।

फेला परेका सबै गोलीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको दरबारमार्ग प्रहरीले जनाएको छ । गोली ठमेलमा गुण्डागर्दी गर्ने समूहको भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

तपाईको प्रतिक्रिया