शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

बंगलादेश – बंगलादेशको उत्तर पूर्वी शहर सिलहटमा भएको दुई वटा बम विस्फोटनमा परि तीन जनाको ज्यान गएको छ । ज्यान जानेमा एक जना प्रहरी अधिकारी पनि रहेको सरकारी अधिकारीले बताएका छन् ।

ज्यान जाने अरु दुई जना मध्ये एक जना आक्रमणकारी हुन सक्ने सिलहटका प्रहरी प्रवक्ताले बताएका छन् । घटनामा ४० जना घाइते भएका छन् । बिद्रोही र सुरक्षाकर्मीबिच भिडन्त भइरहेको भवन नजिक विस्फोट भएको हो ।

सिलहटमा सुरक्षाकर्मीले बिद्रोही विरुद्ध कारवाही अभियान चलाइरहेको छ । अहिले बिद्रोहीलाई पक्राउ गर्ने अभियान तीब्रा पारिएको स्थानीय अधिकारीले बताएका छन् ।

तपाईको प्रतिक्रिया