बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

सेन्झाउ – चीनको २ ओटा सुनको खानीमा भएको दुर्घटनामा परी कम्तीमा १० जनाको मृत्यु भएको छ । हेनन प्रान्तमा सँगसगै रहेका २ ओटा खानीमा दुर्घटना भएको स्थानीय अधिकारीहरुले आज जानकारी दिएका छन् । स्थानीय समयअनुसार शुक्रबार विहान १०ः६ बजे १२ जना मजदुर र ६ जना व्यवस्थापनतर्फका कर्मचारी क्विनलिङ नामक सुनको खानीमा पुरिएको उनीहरुले बताएका छन् ।

पुरिएको ठाउँबाट उद्दारकर्ताले शुक्रबार राती अबेर सात जनाको शव निकालेका छन् । पुरिएका मध्ये अरु १० जनालाई भने उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ । अर्का एक जना भने बेपत्ता छन् । त्यस्तैखालको अर्को दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । स्थानीय समय अनुसार शुक्रबार बेलुका ३ः०० बजे सँगैको सुनखानीमा ६ जना मजदुर पुरिएका थिए ।

उनीहरुमध्ये ४ जनालाई बेलुका ५ः३० बजे उद्धार गरिएको थियो भने अरु २ जना अबेर राति मृत अवस्थामा भेटिएका थिए । स्थानीय प्रशासनले दुबै घटनाका बारेमा अनुसन्धान सुरु गरिसकेको जनाएको छ ।

तपाईको प्रतिक्रिया