बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौं – अवैध विदेशी मुद्रा लिएर थाइल्याण्ड जान लागेका एक भिक्षुणी सहित चार जना महिला त्रिभुवन विमानस्थलबाट पक्राउ परेका छन् । २ लाख ८६ हजार १ सय ६२ अमेरिकी डलर, २ लाख ७३ हजार १ सय ८० भारतीय रुपैयाँ र ४६ हजार ८ सय थाई भाट लिएर थाई एयरबाट थाइल्याण्ड जान लागेका उनीहरुलाई पक्राउ गरिएको त्रिभुवन विमानस्थलका डिआईजी पंकज श्रेष्ठले जानकारी दिनुभयो ।

एयरपोर्टमा एक्सरे मेसिनले जाँच गर्ने बेलामा पत्ता लगाएको भन्दै उहाँले एक जना वौद्ध भिक्षुणी र अरु तीन जना शिष्यहरु रहेको बताउनुभयो । उनीहरु आज दिउँसो सवा १२ बजे थाइल्याण्ड जान लागेका डीआईजी श्रेष्ठले बताउनुभयो । उनीहरुमाथि अनुसन्धान सुरु गरिएको उहाँले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया