शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – पूर्व प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले स्थानीय तहको निर्वाचनको मतगणना मतदान केन्द्रमै गर्न मिल्ने गरी स्थानीय तह निर्वाचन व्यवस्थापन ऐनमा भएको प्रावधानलाई संशोधन गर्नुपर्ने सुझाव दिनुभएको छ । आज रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा उनले निर्वाचन सम्पन्न भएलगत्तै मतपरिणाम निर्वाचन केन्द्रमै गणना गर्नुपर्ने बताउनु भएको हो ।

उहाले भन्नुभयो,‘मतपरिणाम अन द स्पट गणना गर्दा राम्रो हुन्छ, मतपत्र बोकेर सदरमुकाम धाउने काम गर्नुहुँदैन, यस्तो भयो भने ३ घण्टाभित्रै निर्वाचनको परिणाम आउँछ ।’ विश्वका धेरै देशहरुमा स्थानीय तहको निर्वाचनको मतगणना निर्वाचन केन्द्रमै गरिने गरेको उदाहरण पेश गर्दै पूर्व प्रमुख निर्वाचन आयुक्त उप्रेतीले हाम्रो देशमा पनि अब यसलाई लागू गर्नुपर्नेमा जोड्दिनुभयो ।

चुनाव आउन अब जम्मा ५० दिन बाँकी रहेको अवस्थामा निर्वाचनका लागि प्रशस्त चुनौती रहेको भन्दै उप्रेतीले सहमतिबाट संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरु चुनावमा भाग लिनुपर्ने बताउनुभयो । धेरै लामो समयपछि स्थानीय तहको निर्वाचन हुन गैरहेकोले उक्त निर्वाचन ऐतिहासिक निर्वाचन हुने बताउँदै उहाँले भन्नुभयोे,‘८५ लाख नयाँ मतदाता छन, त्यसैले कुनैपनि स्थानमा निर्वाचन रोक्नुहुँदैन, तर रोक्नुहुँदैन भन्ने नाममा लोकतन्त्रमा जबरजस्ती गर्ने कुरापनि आउँदैन।’ उप्रेतीले राजनीतिक दलहरुले चुनाव गराउन नसकेर भन्दापनि नचाहेर नभएको आरोप लगाउनुभयो ।

दलहरुमा चुनाव गराउन नचाहने मनोविज्ञान देखिएको उहाको भनाई छ । स्थानीय तहको निर्वाचन भएको ५ वर्ष्भित्रै अर्थात ५ वर्ष पुग्न दुई महिना बाँकी रहँदै फेरि निर्वाचन हुने सुनिश्चितता हुनु अत्यन्तै सकारात्मक कुरा भएको टिप्पणी गर्नुभयो ।

तपाईको प्रतिक्रिया