बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौं – काठमाडौँबाट तीर्थयात्री बोकेर प्यूठानको स्वर्गद्वारी जाँदै गरेको बा ८ च १५६१ नम्बरको स्कार्पियो जीप दुर्घटनामा ज्यान गुमाउने सबैको पहिचान खुलेको छ । स्वर्गद्वारी नजिकै रुमालेमा आज विहान भएको दुर्घटनामा ६ जनाको मृत्यु भएको थियो भने ३ जना घाइते छन् ।

प्यूठानका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलका अनुसार घटनास्थलमा नै मृत्यु हुनेमा एकै परिवारका चार सदस्य रहेका छन् जसमा ललितपुर–१४ तिखेदेवलका ४४ वर्षीय दिनेश ध्वज बस्नेत, उनकी श्रीमती ४० वर्षीया पद्मा बस्नेतका साथै छोरीहरु १३ वर्षीया दिक्षा बस्नेत र २२ की दिया बस्नेत रहेका छन् । मृत्यु हुने अन्य दुईमा ठेगाना नखुलेकी २४ वर्षीया श्रृष्टि जीसी र ५२ वर्षीया सुनिता श्रेष्ठ रहेका छन् । घाइते चालक सरोज घले गुरुङ, अम्बिका गजुरेल र सुशिला जीसी बरालमध्ये अम्बिकाको अवस्था गम्भिर भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

घाइते तीनैजनाको प्युठानको भ्रिङ्ग्री प्राथमिक उपचार समान्य गराएर भैरहवामा रिफर गरिएको छ । स्थानीय शिक्षक दुर्गा भुषालका अनुसार गाडी सडकबाट २ सयमिटर तल खसेको छ । दुर्घटना स्थल स्वर्गद्वारीबाट करिब ३ किलोमिटर तल रहेको छ ।

तपाईको प्रतिक्रिया