बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौं – साताव्यापी चीन भ्रमणमा जानुभएका प्रधानमन्त्री पुष्पकमल दाहालले आज चीनका उपप्रधानमन्त्री झाङ गाउलीसँग द्विपक्षीय छलफल गर्दै हुनुहुन्छ ।

१५ सदस्यीय प्रतिनिधी मण्डलको नेतृत्व गर्दै एसियाका लागि बोआओ मञ्चको वार्षिक सम्मेलनको उद्घाटन समारोहमा सहभागी हुन चीन जानुभएका प्रधानमन्त्रीले त्यहाँ रहदा विभिन्न भेटवार्तामा सहभागी हुने कार्यक्रम रहेको छ ।

उपप्रधानमन्त्री झाङ गाउलीसँगको भेटमा दुइदेशबीचको आपशी सहयोग सद्भावलाई बलियो बनाउने बारेमा छलफल हुने छ । त्यस्तै प्रधानमन्त्रीले भोली १२ गते मञ्चको उद्घाटन समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

भोलीनै अपराह्न बेइजिङतर्फ प्रस्थान गर्नुहुनेछ । १३ गते ‘नेपाल–चीन सम्बन्ध – समृद्धिका अवसर’ विषयको छलफल कार्यक्रमलाई प्रमुख वक्ताका रुपमा सम्बोधन गर्ने कार्यक्रम छ ।

चीन भ्रमणमा प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग छलफल गर्ने कार्यक्रम तय भएको छ । दुबैबीच पारस्परिक सम्बन्धलाई अझ सुदृढ एवम् विस्तार गर्ने विषयमा छलफल हुने छ । प्रधानमन्त्री दाहाल यही चैत १६ गते स्वदेश फर्कनुहुनेछ ।

तपाईको प्रतिक्रिया