शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – बिहीबार साँझ निधन भएकी एमाले सांसद दुलारी देवीको आज अन्त्येष्टि हुने भएको छ ।

बिहान ८ बजेदेखि ११ बजेसम्म एमाले पार्टी कार्यालय धुम्बाराहीमा दुलारीको शवलाई अन्तिम श्रद्धान्जलि दिएपछि अन्त्येष्टि गरिने एमाले प्रचार विभाग सचिव विष्णु रिजालले जानकारी दिनुभयो ।

चैत पाँच गते भारतको सीतामढीमा दुर्घटनामा परेकी सांसद दुलारीको उपचारकाका क्रममा बिहीबार साँझ ललितपुरको बी एण्ड बी अस्पतालमा निधन भएको हो ।

सामान किन्न सीमावर्ती सीतामढी बजारतर्फ मोटरसाइकलमा जाँदा उहाँ सवार मोटरसाइकललाई भारतको रामनगरा चोकमा ट्रकले ठक्कर दिएको थियो ।

उहाँसँगै दुर्घटनामा परेका मोटरसाइकल चालक रवीन् साहको घटनास्थलमै मृत्यु भएको थियो । एमालेको तर्फबाट उहाँ सर्लाहकी समानुपातिक सांसद हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया