शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – प्यूठानमा जिप पल्टिँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

शुक्रबार बिहान काठमाडौंबाट स्वर्गद्वारी दर्शन गर्न आएका तिर्थयात्री सवार बा १ च १५६१ नम्बरको स्कारपीयो जिप भिंगृ–६ रुमालेमा पल्टिँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

गाडी चालक सहित तीन जना घाइते भएको स्वर्गद्वारी प्रहरी चौकीका प्रहरी साहयक निरीक्षक तिलक भट्टले बताउनुभयो । गम्भीर घाइते तीन जनालाई प्राथमिक स्वाथ्य केन्द्र भिंगृमा उपचारको लागि पठाइको उहाँले बताउनुभयो । ।

जिप सडकबाट दुई सय मिटर तल खसेको छ । घटनास्थलमा प्रहरी पुगेको र विस्तृत विवरण आउन बाँकी रहेको प्यूठानका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलेले बताउनुभयो ।

तपाईको प्रतिक्रिया