शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

जनकपुरधाम– धनुषामा छोराले चलाएको मोटरसाइकलबाट खसेर आमाको ज्यान गएको छ । धनुषाको दुहबी–३ कि मैतुनी खातुनको शुक्रबार बिहान मोटरसाइकलबाट खसेर ज्यान गएको स्थानीयबासिन्दा अनिल साहले जानकारी दिनुभयो ।

तरकारीको व्यापार गर्ने मैतुनी छोरा नयन नदाफसँग ज ६ प ९८७१ नम्बरको मोटरसाइकलमा भारतको जयनगर जाँदै गर्दा मोटरसाइकलबाट खसेर ज्यान गएको ठाडीझिजा प्रहरी चौकीले जनाएको छ ।

घटना पश्चात प्रहरीले छोरा नयनलाई पक्राउ गरेर अनुसन्धान थालेको छ ।

तपाईको प्रतिक्रिया