बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

काठमाडौं – आज विश्व क्षयरोग दिवस नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाईंदैछ । टीबी विरुद्धको एकता, कोही पनि नछुटोस भन्ने नाराका साथ आज विश्वभरी यो दिवश मनाइदैँ छ ।

जर्मन चिकित्सक रर्वट कुकले सन् १८८२ मार्च २४ तारिखमा क्षयरोग अर्थात टीबीको किटाणु पत्ता लगाएको दिनको सम्झनामा हरेक वर्ष मार्च २४ तारिखका दिन विश्व क्षयरोग दिवस मनाउने गरिएको हो ।

दिवसको अवसरमा क्षयरोगका क्षेत्रमा काम गर्दै आएका सरकारी तथा गैरसकारी संस्थाले बाहिर रहेकालाई उपचारको पहुँचमा ल्याउन र क्षयरोग लाग्न नदिने उपायका बारेमा विभिन्न कार्यक्रम गर्दैछन् ।

नेपालमा अहिले ८० हजार ५ सय क्षयरोगी रहेको सरकारी तथ्याङ्क छ । नेपालमा वर्षेनी ५ देखि ७ हजार क्षयरोगीको मृत्यु हुने गरेको छ ।

तपाईको प्रतिक्रिया