शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं  – भूमध्य सागरमा दुईसय भन्दा धेरै आप्रवासी डुबेको आशंका गरिएको छ । दुईवटा डुंगामार्फत युरोप जाँदै गरेका आप्रवपासी लिबियाको टापुमा डुबेका हुन सक्ने आशंका गरिएको बिबिसीले जनाएको छ ।

डुबेकामध्ये पाँच जनाको शव फेला परेको स्पेनको सहायता संस्थाले जनाएको छ । संस्थाले डुंगा डुब्दा दुई सय ४० जनाको ज्यान गएको हुन सक्ने आशंका गरेको छ ।  इटालीका कोस्ट गार्डले पनि पाँच जनाको ज्यान गएको  पुष्टि गरेका छन् ।

युरोप प्रवेश गर्ने क्रममा गएको वर्ष डुंगा डुब्दा पाँच हजार जना आप्रवासीको ज्यान गएको थियो । सुरक्षित बसोबासको खोजी गर्दै द्वन्द्वग्रस्त राष्ट्रबाट जोखिम मोलेर युरोप प्रवेश गर्नेको संख्या लागातार बढ्दै  गएको छ ।

तपाईको प्रतिक्रिया