शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं  – नेपाल प्रहरीले स्थानीय तहको चुनावलाई आवश्यक पर्ने म्यादी प्रहरीको भर्ना खुलाएको छ । स्थानीय तहको चुनावका लागि ७५ हजार म्यादी प्रहरी चाहिने भन्दै शुक्रबारदेखि दरखास्त आह्वान गरिएको हो ।

यसमा दरखास्त दिन इच्छुक व्यक्तिले देशभरका सबै जिल्ला प्रहरी कार्यालयबाट दरखास्त दिन सक्ने छन् । जसका लागि कुनै फौजदारी अभियोग नलागेको व्यक्ति, साधारण लेखपढ गर्न सक्ने, नेपाली नागरिकले दरखास्त दिन पाउने व्यवस्था गरिएको छ ।

नेपाली नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाण साथै भुपु आर्मी, प्रहरीले सेवा निवृत हुँदाको प्रमाणपत्रका साथ १० रुपैयाँको हुलाक टिकट टाँस फारम भरेर जिल्ला प्रहरी कार्यालयमा फारम बुझाउन सक्ने व्यवस्था गरिएको छ । म्यादी प्रहरीले नेपाल प्रहरीको जवानले पाए सरह सेवा सुविधा दिइने व्यवस्था गरिएको छ ।

तपाईको प्रतिक्रिया