बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

टोकियो – जापानी स्वास्थ मन्त्रालयले सन् २०१६ मा आत्महत्या गर्ने मानिसहरुको तथ्याङ्क सार्वजनिक गरेको छ ।
मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार सन् २०१६ मा २१ हजार ८ सय ९७ जनाले आत्महत्या गरेका छन् । जुन १९९४ भन्दा यताकै सबैभन्दा कम हो । आत्महत्या गर्नेहरुमा १५ हजार १ सय २१ पुरुष छन् भने ६ हजार ७ सय ७६ महिला रहेका छन् । सन् २०११ मा ३० हजार जनाले आत्महत्या गरेका थिए । आत्महत्या गर्नेहरुमा ५० देखि ५९ वर्षसम्मका वृद्धवृद्धाहरु बढी छन् ।
विगतमा भन्दा यस वर्ष तुलनात्मक रुपमा आत्महत्या गर्नेहरुको संख्यामा कमी आएपनि आत्महत्या गर्नेहरुको संख्या ठूलो रहेकोमा जापान सरकारले चिन्ता व्यक्त गरेको छ । लाईफलिंकका संस्थापक यासुयुकी शिमुजुले आत्महत्या गर्नेहरु बढ्नुको बिषयमा अध्ययन गर्न थालिसकेको बताउनु भयो । आत्महत्याको कारण पत्ता लगाउन भने कठीन भएको जापानी विशेषज्ञहरुको भनाइ छ । जापान सरकारले सन् २००६ देखिनै आत्महत्या गर्नेहरुको संख्यामा वृद्धि हुनुलाई गम्भीरताका साथ लिदै आएको छ । जस्को लागि मन्त्रालयले जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ भने उपभोक्ता ऋण कानुनमा समेत संशोधन गरेको छ ।
जापानी अर्थतन्त्र कमजोर भइ यसले बढाउने बेरोजगारीको समयमा आत्महत्याको दर बढ्ने गरेको र आर्थिक अवस्थामा भएको सकारात्मक परिवर्तनका कारण आत्महत्या गर्नेहरुको संख्यामा कमी आएको बताइएको छ । तथ्याङ्कले देखाए अनुसार आत्महत्या दर ३० हजारबाट २० हजारमा झर्दै जानुको मुख्य कारण स्वास्थ र आर्थिक अवस्थामा भएको सकरात्मक परिवर्तन प्रमुख कारण हो । साथै, सन् २००६ मा भएको उपभोक्ता ऋण कानुनको संशोधनले समेत यसमा सहयोग गरिरहेको बताइएको छ ।
अन्य विकसित देशको तुलनामा जापानको आत्महत्या बढी भएको भन्दै आगामी वर्षहरुमा आत्महत्या दरलाई १४ हजार देखि १५ हजारमा झार्ने लक्ष्य जापान सरकारले लिएको छ ।

तपाईको प्रतिक्रिया