शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – निर्वाचन आयोगले मतपत्र छपाइको कार्य स्थगित गर्दै स्थानीय तह निर्वाचन प्रयोजनका लागि दर्ता हुन छुटेका दललाई पनि समावेश गरी पुनः मुद्रण गर्ने निधो गरेको छ ।

आयोगको बुधबारको बैठकले स्थानीय तह निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयमा दर्ता हुन छुटेका दललाई समेत मतपत्रमा राख्न छपाइ रोकेर पुनः मुद्रण गर्ने निर्णय गरेको हो ।

नेपाली कांग्रेस, राप्रपा, जनमोर्चा र संघीय समाजवादी पार्टीले स्थानीय तह निर्वाचनका लागि विभिन्न जिल्लामा दल दर्ता गराएका थिएनन् । उनीहरुकै दबाबमा आयोगले सुरु भइसकेको मतपत्र छपाई रोकेर दर्ता गर्न छुटेका दलको नाम र चुनाव चिन्ह मतपत्रमा समावेश गर्न लागेको हो ।

तपाईको प्रतिक्रिया