बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौं – अमेरिकी पत्रिका फोब्र्सले सार्वजनिक गरेको सन् २०१७ का अर्बपतिको सूचीमा नेपालका विनोद चौधरी गत वर्षभन्दा १० स्थान माथि उक्लिनु भएको छ । फोर्ब्सले आज सार्वजनिक गरेको सूचीमा १ अर्ब ३० करोड अमेरिकी डलरका सम्पत्तिका साथ चौधरी १५ सय ६७ औं स्थानमा पुग्नु भएको हो ।

गत वर्ष १.१ अर्ब डलर सम्पत्ति भएका चौधरी १५ सय ७७ औं स्थानमा रहनु भएको थियो । सन् २०१५ मा पनि उहाको सम्पत्ति १ अर्ब ३० करोड डलर नै थियो । चौधरी पहिलो पटक २०१३ मा विश्वका अर्बपतिहरुको सूचीमा पर्नुभएको थियो । चौधरी ग्रपका अध्यक्ष उहाको नेपाल भारतलगायत धेरै देशमा उद्योगहरू छन् । यो वर्ष अर्बपतिहरुको सूचीमा १ हजार ५ सय ७७ जना छन् । पहिलो नम्बरमा अमेरिकी धनाड्य विल गेट्स छन् ।

माइक्रोसफ्टका सहसंस्थापक उहाँको सम्पत्ति ८६ अर्ब डलर रहेको फोर्ब्सले जनाएको छ । अमेरिकाकै अर्का उद्योगी वारेन बफेट सूचीको दोस्रो स्थानमा छन् । उहासँग ७५.६ अर्ब डलर सम्पत्ति रहेको फोर्ब्सले उल्लेख गरेको छ । फोर्ब्सले हरेक वर्ष संसारका अर्बपतिको सूची निकाल्ने गर्छ ।

तपाईको प्रतिक्रिया