शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

टोकियो – निर्वाचन आयोगले राप्रपाको विधान परिवर्तन गरेको भन्दै राप्रपाको भातृ संगठन प्रवासी नेपाली संगठन जापानले आपत्ती जनाएको छ ।

साथै, विधान परिवर्तनको विरोधमा आयोग घेराउका लागि पुगेका राप्रपाका नेता कार्यकर्तामाथि प्रहरीको हस्तक्षेप, लाठी चार्ज र दमन गरेको भन्दै विज्ञप्ती मार्फत भर्तसना गरिएको छ ।

घटनामा घाइते भएका नेता तथा कार्यकर्ताहरुको शिर्घ स्वास्थ लाभको कामना गर्दै दोषीमाथि कडा कारवाही हुनुपर्ने माग समेत गरेको छ ।

नेपाली जनताको चाहना र भावना रहेको हिन्दुराष्ट्र र संवैधानिक राजतन्त्रलाई पार्टीको एजेण्डाबाट हटाउने निर्णय तत्काल निर्वाचन आयोगले सच्चाउन पर्ने विज्ञप्तीमा जनाइएको छ ।

तपाईको प्रतिक्रिया