आजदेखि आठौं ग्रामीण स्वास्थ्यकर्मी सम्मेलन सुरुहुदै

काठमाडौं – आजदेखि आठौं ग्रामीण स्वास्थ्यकर्मी सम्मेलन’ हुने भएको छ । स्वास्थ्य सेवा विभाग, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र तथा निक साइमन इन्स्टिच्युटको आयोजनामा आजदेखि १० गतेसम्म सम्मेलन हुन लागेको हो ।

ग्रामीण क्षेत्रमा बसेर काम गरिरहेका स्वास्थ्यकर्मीका समस्यालाई केन्द्रीय तहसम्म ल्याउने तथा समाधानसमेत गर्ने र उत्कृष्ट स्वास्थ्यकर्मीलाई सम्मान गर्ने उद्देश्यले सम्मेलनको आयोजना गरीएको हो ।
सम्मेलनमा ६० जिल्लाका ९८ स्वास्थ्यकर्मी, पाँच विकास क्षेत्रका क्षेत्रीय निर्देशक एवं मन्त्रालय र विभागका उच्च अधिकृतको सहाभागिता रहने छ ।

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित