शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

टोकियो – नेपाल पत्रकार महासंघ जापान शाखाको आगामी अप्रिल १० तारिखका दिन टोकियोमा तेस्रो अधिवेशन हुने भएको छ । उक्त अधिवेशनले गठन गर्ने नयाँ नेतृत्वसहितको नयाँ कार्यसमिति निर्माण प्रक्रियालाई अगाडि बढाउन बनाईएको निर्वाचन समितिले कार्यतालिकासहित निर्वाचन कार्यबिधि प्रकाशित गरेको छ ।

महासंघ जापान शाखाका सल्लाहकार भूषण घिमिरेको संयोजकत्वमा गठित तीन सदस्यीय निर्बाचन समितिमा महासंघकी केन्द्रिय सदस्य पवनवर्षा शाह र महासंघ जापान शाखाका संस्थापक उपाध्यक्ष एवं वर्तमान सल्लाहकार कृष्ण भण्डारी रहनुभएको छ । उक्त समितिले प्रकाशित गरेको निर्बाचन सम्बन्धि कार्यतालिका अनुसार यही मार्च २३ तारिख बुधबार नेपाल पत्रकार महासंघको सदस्यता प्राप्त जापान शाखामा आबद्ध पत्रकारहरुको नामावली प्रकाशन गरिने भएको छ भने २३ तारिख प्रकाशित नामावलीमा दावी बिरोध, २५ तारिख अन्तिम नामावली प्रकाशन गरिने भएको छ ।
यसैगरी ३१ तारिखको राती १२ बजेसम्म उम्मेदवारी दर्ता, अप्रिल २ तारिख उम्मेदवारी फिर्ता, ३ तारिख उम्मेदवारमाथिको दावी बिरोध र ४ तारिख उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका निर्बाचन समितिले प्रकाशन गरेको छ ।

नयाँ नेतृत्वसहितको नयाँ कार्यसमिति गठन कार्यलाई बिधिसम्मत, सर्बसम्मत र अधिकतम सहमति एवं स्वीकार्यतामा सौहाद्रपूर्ण वातावरणमा प्रक्रियागत ढंगले सम्पन्न गर्न निर्बाचन समितिले अन्तिमसम्म प्रयास गर्ने जनाएको छ । कथमकदाचित सहमति कायम हुन नसकेको खण्डमा भने १० तारिखको बिहानीको सत्रमा हुने बन्द सेसनमा निर्बाचन बिधिबाट कार्यसमिति गठन गरिने समितिले जनाएको हो ।

पत्रकार महासंघको बिधान, शाखाको आचारसंहिता र निर्वाचन समितिले तयार गरेको निर्वाचन कार्यविधि बमोजिम गठन प्रक्रिया अगाडि बढाईने सो समितिले जनाएको छ । जसअनुसार महासंघको जापान शाखाको कार्यकारी समितिको पदाधिकारीमा रहनका लागि एक कार्यकाल कार्यसमितिमा रही काम गरेको हुनुपर्ने प्रावधान राखिएको छ ।

अधिवेशन सम्बन्धि कार्यबिधि एवं कार्यतालिका हेर्नका लागि यहाँ क्लिक गर्नुहोला ।
उम्मेदवारी फर्मका लागि यहां क्लिक गर्नुहोला ।

तपाईको प्रतिक्रिया