निर्वाचन आयोगविरुद्ध उपप्रधानमन्त्री थापा नै धर्नामा

काठमाडौं – ‘हिन्दू राष्ट्र र राजसंस्था’को माग गर्दै उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापा नै निर्वाचन आयोगविरुद्ध धर्नामा बस्नभएको छ । निर्वाचन आयोगले राप्रपाको विधानबाट हिन्दु राष्ट्र र राजतन्त्र हटाउने निर्णय गरेपछि पार्टीका अध्यक्ष समेत रहनु भएको मन्त्री थापा आफै धर्नामा बस्नुभएको हो ।

राप्रपाले आज आयोगको केन्द्रीय र जिल्ला निर्वाचन कार्यालयहरु घेराउ गर्दै धर्ना दिएको छ । धर्नामा उपप्रधानमन्त्री थापासँगै वरिष्ठ नेता पशुपति सम्शेर राणा, मन्त्री दिपक बोहरा लगायत हुनुहुन्छ । केन्द्रीय कार्यालय कान्तिपथमा धर्ना दिन गएका राप्रपाका नेता कार्यकर्ता र प्रहरीबीच झडप समेत भएको छ । यो पनि पढ्नुसः निर्वाचन आयोग घेराउका क्रममा राप्रपा कार्यकर्ता र प्रहरीबीच झडप

 

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित