मंगलबार, बैशाख ११, २०८१
Tuesday, April 23, 2024

काठमाडौं – निर्वाचन आयोगको कार्यालय घेराउका क्रममा राप्रपा कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । झडपका क्रममा राप्रपा वरिष्ठ नेता पशुपति शमशेर राणासहितका केहि कार्यकर्ता घाइते भएका छन् । त्यसक्रममा प्रहरीले अश्रुग्यास हानेको छ ।

झडपमा परी पार्टीका वरिष्ठ नेता पशुपतिशम्शेर राणासहित केहि कार्यकर्ता समान्य घाइते भएका छन् । पार्टीको विधानबाट हिन्दु राष्ट्र र राजसंस्था हटाउने निर्णयको विरोध गर्दै राप्रपा नेता कार्यकर्ता निर्वाचन आयोगको केन्द्रीय कार्यालय घेराउ गर्न गएका थिए । शान्तिबाटिकामा जम्मा भएर कान्तिपथतर्फ अघि बढेका उनीहरुलाई प्रहरीले रोकेपछि तनाव सुरु भएको थियो । प्रदर्शनकारी प्रहरीको घेरा तोडेर अघि बढ्न खोेजेपछि प्रहरीले अश्रुग्यास हानेको छ ।

सधैं व्यस्त रहने कान्तिपथको सडक राप्रपा र प्रहरीबीचको झडपले तनावग्रस्त बनेको छ । सडक अश्रुग्यासले कुहिरीमण्डल बनेको छ । अहिले राप्रपाका कार्यकर्ताहरुले सडकमै आगो बालेर प्रदर्शन गरिरहेको सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया