शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

टोकियो – लिम्बुहरुको बिशुद्ध संस्था किरात याक्थुङ चुमलुङ, जापानले तेह्रथुमको सक्रान्ती बजारका आगलागी पीडित र पाँचथर थर्पुका अग्निपीडितलाई आर्थिक सहयोग गरेको छ ।
तेह्रथुमकोे सक्रान्ती बजारका अग्निपीडितलाई २ लाख ५६ हजार र पाँचथर, थर्पुका अग्निपीडितलाई ६९ हजार गरेर जम्मा ३ लाख पच्चिस हजार नगद रुपया आर्थिक सहयोग गरिएको जापान चुमलुङका अध्यक्ष सुमन लेछर्बो लिम्बुले जानकारी दिनुभयो ।

जापान चुमलुङले संकलन गरेर पठाएको राहत रकम किरात याक्थुङ चुमलुङ, नेपाल (केन्द्र) मार्फत केन्द्रीय सचिब निरन्ती तुमबापो सहितको टोली फालगुण २ गते शुक्रबार सक्रान्ती बजार पुगेर १९ परिवारलाइ ५ हजार सातसयका दरले र डेरा गरी बसेका नौ परिवारलाइ तीन हजारका दरले जम्मा २ लाख ५६ हजार बितरण गरिएको हो ।

त्यस्तै पाँचथर, थर्पु ६ का अग्निपीडित भानुभक्त माबोलाई राहत स्वरुप रकम ६९ हजार रुपया सोही दिन फिदिनमा कार्यक्रम गरी प्रदान गरियो ।

थोरै रकम भएपनी अग्निपीडितहरुको लागि यो राहत रकमले सहयोग हुने आशा गरिएको र यसरी सहयोग गर्नु हुने जापानवासी सम्पूर्ण सहयोगी दाताहरु साथै राहत संकलनका लागि अहोरात्र खटिनु भएकाहरु प्रती जापान चुमलुङको तर्फबाट अध्यक्ष सुमन लेछर्बो लिम्बुले हार्दिक धन्यवाद आभार ब्यक्त गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया