अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि लगाए ओबामामाथि आरोप

वासिंटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्व राष्ट्रपति बाराक ओबामाको शासनकालमा आफ्नो टेलिफोन ह्याक गरिएको आरोप फेरि लगाउनुभएको छ ।

फोन ट्यापिङसम्बन्धि राष्ट्रपति ट्रम्पको आरोप सिनेटले खारेज गरेको भोलिपल्टै उहाँले अमेरिका भ्रमणमा रहेकी जर्मन चान्सलर एङ्गेला मर्केलसँगको भेटमा दुवै जना फोन ट्यापिङका शिकार भएको बताउनुभयो ।

ओबामाको शासनकालमा अमेरिकी गुप्तचर निकायले जर्मन चान्सलर मर्केलको टेलिफोन निगरानी गरेको खुलेपछि मर्केलले कडा आपत्ति जनाउनुभएको थियो ।

ओबामा प्रशासनले टेलिफोन ट्याप गरेको भन्ने ट्रम्पको आरोपमा रिपब्लिकन र डेमोक्रेट सिनेटर तथा नेताले विश्वास नगरे पनि ट्रम्पले भने आरोप लगाउन छाड्नुभएको छैन् ।

ट्रम्प र मर्केलबीच नेटो र व्यापार बिस्तारसहितका अरु विषयमा पनि छलफल भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित