शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – एचआइभी सङ्क्रमितको सङ्ख्या कास्कीमा बढ्दै गएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयको एचआइभी÷एड्स हेर्ने स्रोत व्यक्ति नानीबाबु ढकालकाअनुसार यसवर्ष जिल्लामा दुई हजार दुईसय एचआइभी सङ्क्रमित छन् ।

गत वर्षको सोही अवधिमा एक हजार नौसय एचआइभी सङ्क्रमित थिए । सङ्क्रमितमध्ये नेपाल सरकारले निःशुल्क उपलब्ध गराएको एआरटी औषधि ९८८ जनाले खाइरहेको स्रोत व्यक्ति ढकालले बताउनुभयो । अवैध यौन सम्बन्धले भन्दापनि लागु औषध सेवन गर्ने सुईबाट बढी युवा एचआइभी सङ्क्रमित भएको उहाँले बताउनुभयो ।

अठार वर्ष भन्दा मुनिका ५३ जना एचआइभी सङ्क्रमितलाई सरकारले मासिक एक हजार भत्ता उपलब्ध गराइरहेको छ ।

 

तपाईको प्रतिक्रिया