बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

टोकियो-बाजुरा घर भइ विगत ६ वर्ष अगाडि कुकका रूपमा जापान अाएका अजुर्न वहादुर सिंहको निधन भएको छ । जापान प्रहरीले अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको जानकारी नेपाली दूतावासलाइ दिएको थियो ।

विगत दुइ वर्षदेखि मस्तिष्कमा म्यानिन्जाइटिस र क्षयरोगले ग्रस्त भएका सिंह कामविहीन थिए । त्यसो त बस्ने र खानेको पनि व्यवस्था नभएकोले विचल्लीमा परेका थिए । २०१५ सालको जुलाइतिर उनी सिकिस्त विरामी भएका थिए । उक्त समयमा पनि सिंहलाइ प्रहरीले विरामी अवस्थामा फेलापारी नेपाली दूतावास र एनअारएन जापानको जिम्मा लगाएको थियो । एनअारएन जापानका उपाध्यक्ष सुदन थापाको पहलमा अार्थिक संकलन पनि गरिएको थियो ।

स्वास्थ्य बीमा पनि नभएको र जापानमा आफ्नो मान्छे पनि कोही नभएकोले अस्पतालले भर्ना गर्न नमानेपछि थापाले अाफू जिम्मा बसेरै उनको उपचार गराएका थिए ।
उनको निधनपछि दुःखमा साथ र सहयोग गरिदिन सुदूरपश्चिमेली समाज जापानले जापानबासी सम्पूर्ण नेपालीहरूमा सहयोगको लागि अनुरोध गरेको छ ।

सहयोग रकम तल उल्लेखित खातामा जम्मा गर्न सकिनेछ । ***

Account name : パル ウイスタン  ネパール ソサイテイ ジャパン
Account No : 10100 – 91282921

तपाईको प्रतिक्रिया