शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – मनोरम लालीगुराँस बनको सम्झना गर्दै मौलिक लोकलयको गीत “तिन जुरेको डांडैमा गुराँस फुल्ने वन “ युट्युब बाट सार्बजनिक भएको छ ।

गायक तथा संगीतकार हिमाल सागरको संगीत र डा. सोहन घिमिरेको शब्द र स्वर रहेको मौलिक लोकलयको गीतको भिडियोमा चर्चित मोडल दिक्पाल र श्रेया कार्कीको अभिनय रहेको छ ।

चर्चित कलाकार ज्योति काफ्ले (नक्क्कली बाबुराम ) र दीपेश रेग्मीको निर्देशन रहेको म्युजिक भिडियोमा गाउँबाट टाढा रहेको अबस्थामा गाउँको र मेलापातको मायाप्रीति सम्झना गरिएको कथा रोचक ढंगले प्रस्तुत गरिएको छ ।

नेपाल र स्कटल्याण्डमा छायांकन गरिएको म्युजिक भिडियो हाईलाईट्स नेपालको युट्युब च्यानल बाट सार्बजनिक गरिएको छ ।

तपाईको प्रतिक्रिया