बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौं – बैतडीको मैलौलीमा रहेको केशरपुर प्राथमिक स्वास्थ्यकेन्द्रमा १६ वर्षपछि डाक्टर पुगेपछि भएपछि स्थानीयबासिन्दा हर्षित भएका छन् । प्राथमिक स्वासथ्यकेन्द्र स्थापना भएको १६ वर्षपछि डा।जीवन कार्की प्राथमिक स्वास्थ्यकेन्द्रमा पुग्नुभएको हो ।

२०५६ सालमा स्थापना भएको प्राथमिक स्वास्थ्य केन्द्रमा पहिलो पटक स्थायी दरबन्दीमा डाक्टर आएको केशरपुर प्राथमिक स्वासथ्यकेन्द्रका हेल्थ असिस्टेन्ट मुकेश दयालले बताउनुभयो । आफ्नै ठाउँको प्राथमिक स्वास्थ्यकेन्द्रमा डाक्टर आएपछि आफूहरु धेरै खुशी भएको स्थानीय बासिन्दा शंकरदत्त जोशीले बताउनुभयो । प्राथमिक स्वास्थ्यकेन्द्रमा डाक्टर आएपछि समान्य उपचारका लागि बाहिर जानुपर्ने बाध्यता हट्ने मेलौलीका केशवसिंह भाटले बताउनुभयो ।

मेलौलीमा डाक्टर आएसँगै स्वास्थ्य बीमाको सेवा समेत सुरु हुने भएको छ । स्वास्थ्य बीमा अन्तर्गत केशरपुर प्राथमिक स्वासथ्यकेन्द्रलाई पनि उपचारका लागि सूचिकृत संस्थामा राखिएको छ ।

तपाईको प्रतिक्रिया