म्यानचेस्टर युनाइटेडलाई पराजित गर्दै चेल्सी सेमिफाइनलमा

काठमाडौं – म्यानचेस्टर युनाइटेडलाई पराजित गर्दै चेल्सी एफए कपको सेमिफाइनलमा पुगेको छ ।गएराति भएको क्वाटरफाइनलमा चेल्सी १–० गोलले विजयी भएको हो । खेलको ५१ औं मिनेटमा चेल्सीका एन गोलो काटेले गरेको गोल नै निर्णायक बन्यो ।

यसअघि खेलको ३५ औं मिनेटमा एन्डर हेरेरा दोहोरो पहेंलो कार्ड पाएर बाहिरिनु युनाइटेडका लागि हारको कारण बन्यो । त्यसपछि लगातार चेल्सीले दबाब सिर्जना गरे पनि थप गोल भने गर्न सकेन ।

चेल्सी लगातार १२ खेलसम्म म्यानचेस्टर युनाइटेडसँग अपराजित छ । उसले युनाइटेडसँगको पछिल्ला ७ खेल जितेको छ भने ५ खेल बराबरी भएको छ ।

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित