मंगलबार, बैशाख ११, २०८१
Tuesday, April 23, 2024

काठमाडौं – कवि समाश्रीको दोस्रो कविता संग्रह ‘अल्पविराम’ लोकार्पण गरिएको छ ।
गीतकार चेतन कार्की, साहित्यकार सरुभक्त र कवि निभा शाहले संयुक्त रुपमा ‘अल्पविराम’को लोकार्पण गर्नु भयो ।
लोकार्पण समारोहमा कवि समाश्रीले ‘अल्पविराम’मा रहेका ५० मध्ये सात कविता वाचन गर्नुभएको थियो । लोकार्पण समारोहमा कृतिबारे कार्यक्रमका प्रमुख अतिथि चेतन कार्की, साहित्यकार विपुल सिंजापति, पत्रकार फूलमान वल, कवि निभा शाहलगायतले चर्चा गर्नुभएको थियो । समा श्रीको दुई वर्षअघि ‘वंशलोचन’नामक कविता संग्रह बजारमा आएको थियो । कवि श्री इजरायलमा रहेर साहित्य सिर्जनामा साधनारत हुनुहुन्छ । हालको ‘अल्पविराम’लाई इन्डिगो इन्कले प्रकाशन गरेको हो ।

तपाईको प्रतिक्रिया