शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं – स्वास्थ्यकर्मीहरुको अवरोधका कारण लम्वीएको पोलियो थोपा खुवाउने कार्यक्रम आजदेखि चार जिल्लामा मात्रै हुने भएको छ ।
गत २१ र २२ गतेका लागि मात्रै तय गरिएको पोलियो थोपा खुवाउने कार्यक्रम ११ जिल्लामा हिजो सम्म गरिएको थियो भने बाँकी चार जिल्लामा आजपनि हुने भएको हो ।

आज सप्तरी, पर्सा, रौतहट र कैलालीमा जारी रहने स्वास्थ्य मन्त्रालयले जनाएको छ । बर्दिया, बाँके, कपिलबस्तु, बारा, धनुषा, महोत्तरी, सिराह, सुनसरी, काठमाडौ, भक्तपुर र ललितपुरमा पोलियो थोपा खुवाउने भने हिजो सकिएको छ ।

सरकारले काठमाडौका तीन र तराईका १२ सहित १५ जिल्लामा पोलियो रोगको खतरा धेरै रहेको निश्कर्ष सहित ती जिल्लाका पाँच बर्षमुनीका बालबालिकालाई पोलियो थोपा खुवाउने कार्यक्रम तय गरेको होे ।

तपाईको प्रतिक्रिया