शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं– काठमाडौं उपत्यकासहित तराईका १२ जिल्लामा सोमबार पनि पोलियो थोपा खुवाउने कार्यक्रम छ । स्वास्थ्यकर्मीको अवरोधका कारण पोलियो थोपा खुवाउन अभिभावकमा अन्यौलता छाएकाले केही दिन लम्बाएर खुवाउन लागिएको हो ।

उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरसहित तराईका कैलाली, बर्दिया, बाँके, कपिलवस्तु, पर्सा, बारा, रौतहट, धनुषा, महोत्तरी, सप्तरी, सिरहा र सुनसरीका ५ वर्षसम्मका १६ लाख २८ हजार बालबालिकालाई पोलियो  थोपा खुवाउने लक्ष्य  लिएको छ ।

सबै बालबालिकालाई पोलियो थोपा नखुवाएसम्म अभियान सञ्चालन गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो अभियानमा अबरोध गर्न खोज्ने स्वास्थ्यकर्मीको सूचि बनाई कारबाही गरिने मन्त्रालयले जनाएको छ ।

सोमबार पनि अभियान चल्ने सबै जिल्लामा अवरोध भए/नभएको बारे अनुगमन हुने र अवरोध गर्नेलाई कारबाही  गर्ने मन्त्रालयले जनाएको छ । मन्त्रालयले आइतबार १८ जना स्वास्थयकर्मीलाई निलम्बन गरेको थियो । यस्तै मन्त्रालयले ढुक्क भएर आफ्ना बालबालिकालाई पोलियो थोपा खुवाउन अभिभावकलाई आग्रह पनि गरेको छ ।

तपाईको प्रतिक्रिया