शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं  – सरकारले पोलियो थोपा खुवाउने कार्यक्रममा अवरोध गर्ने स्वास्थ्यकर्मीलाई पक्राउ गर्न आदेश दिएको छ ।

स्वास्थ्यकर्मीको आन्दोलनका कारण पोलियो थोपा खुवाउने कार्यक्रम प्रभावित बनेको भन्दै गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएर अवरोध गर्नेलाई पक्राउ गर्न आदेश दिएको हो । स्वास्थ्य संस्थामा लगाएको ताला तोड्न र पोलियो थोपा खुवाउने कार्यक्रममा अवरोध गर्ने जो कोहिलाई पक्राउ गर्न गृहमन्त्रालयले भनेको छ ।

सरकारले  उपत्यकाका ३ सहित १५ वटा जिल्लामा हिजो र आज पोलियो थोपा खुवाउने कार्यक्रम राखेको भए पनि स्वास्थ्यर्कीको अवरोधका कारण बालबालिका पोलियो थोपा खानबाट वञ्चित भएका छन् ।

निजामति सेवा ऐन कार्यान्वयन तथा पद व्यवस्थापनको माग गर्दै स्वास्थ्यकर्मीले स्वास्थ्य संस्थामा तालबन्दी गरेका कारण पोलियो कार्यक्रम प्रभावित भएको हो । स्वास्थ्यकर्मीको आन्दोलनले सिरहा र सप्तरीमा मात्र झण्डै ३ लाख बालबालिका पोलियो थोपा खानबाट बञ्चित भएका छन् ।

१८ जना निलम्बित

स्वास्थ्य मन्त्रालयले जिल्ला जन स्वास्थ्य कार्यालयहरुमा तालाबन्दी गरेको तथा अति संवेदनशील र अत्यावश्यक स्वास्थ्य सेवालाई अवरोध गरी पदीय जिम्मेवारी अनुरुपको काम नगरेको भन्र्दै १८ जना स्वास्थ्यकर्मीलाई निलम्बन गरेको छ ।

निलम्बनमा पर्नेहरुलाई विभागीय कारवाही गर्नु नपर्ने कुनै कारण भएमा बाटोको म्याद बाहेक ३ दिन भित्रमा स्पष्टिकरण पेश गर्न भनेको छ ।  निलम्बनमा पर्नेहरुमा जन स्वास्थ्य कार्यालयमा प्रमुख र सिनियर अहेबसम्मका छन् ।

निलम्बितहरुको नामावली

१. राजकुमार थापा
को.चे.अ.पाँचौ
जिल्ला जनस्वास्थ्य कार्यालय, भक्तपुर
२. सुरेन्द्रराज जोशी
सि.अ.हे.ब.छैटौ
बलरामपुर स्वास्थ्य चौकी, कपिलवस्तु
३.विष्णुबहादुर क्षेत्री
सि.अ.हे.ब.छैटौ
मानपुर स्वास्थ्य चौकी, कपिलवस्तु
४.विरेन्द्र कुमार मिश्र
सि.अ.हे.ब.छैटौ
बेदौली स्वास्थ्य चौकी कपिलवस्तु
५.पृथ्वीचन्द्र भगत
सि.अ.हे.ब.छैटौ
महेन्द्रनगर स्वास्थ्य चौकी, सुनसरी
६.महेश पोखरेल
सि.अ.हे.ब.छैटौ
मधेशा स्वास्थ्य चौकी, सुनसरी
७.अनिल कुमार पाण्डेय
सि.अ.हे.ब.छैटौ
सिर्सिया स्वास्थ्य चौकी, पर्सा
८.राजेशप्रसाद रौनियार
सि.अ.हे.ब.छैटौ
सखुवा प्रसौनी स्वास्थ्य चौकी, पर्सा
९.शेषराज दाहाल
सि.अ.हे.ब.छैटौ
सिपाडोल स्वास्थ्य चौकी, भक्तपुर
१०.देवनारायण साहु
सि.अ.हे.ब.छैटौ
बसन्तपुर स्वास्थ्य चौकी, सुनसरी
११.छेदीप्रसाद यादव
तथ्यांक अधिकृत
जिल्ला जनस्वास्थ्य कार्यालय, सप्तरी
१२.नागेन्द्रप्रसाद चौधरी
निमित्त प्रमुख
जिल्ला जनस्वास्थ्य कार्यालय, सप्तरी
१३.टोपबहादुर थापा
सि.अ.हे.ब.
धर्मस्थली स्वास्थ्य चौकी, काठमाण्डौ
१४.बासुदेब पोखरेल
सि.अ.हे.ब.
देबस्थल स्वास्थ्य चौकी, सल्यान
१५ रमेश कार्की
सि.अ.हे.ब.छैटौ
बैजनाथ स्वास्थ्य चौकी, मोरङ्ग
१६ डा. दयाशंकर लाल कर्ण
प्रमुख जिल्ला स्वास्थ्य कार्यालय, सिरहा
१७ सचितानन्द देब
निमित्त प्रमुख
जिल्ला स्वास्थ्य कार्यालय, धनुषा
१८ संजयकुमार काफ्ले
सि.अ.हे.ब.छैटौ
स्वास्थ्य चौकी, सिद्राहा, मोरङ

तपाईको प्रतिक्रिया