बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौं – बलिउड फिल्ममेकर करण जौहरलाई एकैसाथ दुई सन्तान लाभ भएको छ । सरोगेसी (भाडाको कोख)बाट उनले एक छोरा र एक छोरी पाएका हुन् ।
आजतक स्रोत अनुसार करणले छोराको नाम आफ्ना पिता यश जौहर र छोरीको नाम आमा हिरु जौहरको नामबाट मिलाएर राखेको छ । ती बच्चाको जन्मदर्ता शुक्रबार भएको छ । दर्तामा करण जौहरलाई बच्चाको बुबा भनिएको छ । आमाको नाम भने उल्लेख गरिएको छैन । बच्चाको नाम पनि अहिले सार्वजनिक गरिएको छैन । स्रोतका अनुसार उनीहरूको दर्ता बेबी ब्वाइ र बेबी गर्लका रूपमा गरिएको छ ।
करणले सरोगेट आमाप्रति आभारी रहेको बताएका छन् । उनले यी दुई नयाँ खुसीलाई साझा गर्न पाउँदा अत्यन्तै खुसी भएको बताएका छन् ।

तपाईको प्रतिक्रिया