शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – पार्टी सञ्चालनमा अपारदर्शीता भएको भन्दै नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल पक्षले केन्द्रीय समितिको बैठक बोलाउन सभापति देउवासँग लिखित माग गरेको छ ।
नेता पौडेलले देउवाका स्वकीय सचिव भानु देउवामार्फत् ध्यानाकर्षण पत्र बुझाएको हो । राजदूत नियुक्ति, भातृ संस्था सञ्चालन, स्थानीय चुनावका लागि पार्टी परिचालनसम्मका काममा सभापति देउवाले एकलौटी गरेको भन्दै छिटो बैठक बोलाएर छलफल गर्न पौडेल पक्षले माग गरेको छ । कांग्रेस नेता पौडेल पक्षले शनिबार छुट्टै बैठकको आयोजना गरि अब देउवाबाट पार्टी नचल्ने बताएको विशेष स्रोतको भनाइ छ । भेलामा सहभागी बलबहादुर केसीले देउवाको विरोध गर्दै उनले पार्टी डुबाउन लागेको आरोप लगाए ।
त्यसैगरी डा. रामशरण महतले पनि यस्तै चालले आगामी चुनावमा माहौल बनाउन नसकिने बताए ।

तपाईको प्रतिक्रिया