शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडौँ – नेपाली परम्परागत पौभा कलामा पाँच दशकदेखि निरन्तर साधनारत कलाकार ज्ञानकर वज्राचार्यको शुक्रबार साँझ आफ्नै निवास भक्तपुरमा निधन भएको छ ।

लामो समयदेखि मधुमेह र उच्च रक्तचापका बिरामी ६२ वर्षीय वज्राचार्य एक महिना अस्पतालमा बसेर एक हप्ता अगाडि घर फर्कनुभएको कलाकार पूर्ण ह्योजुले बताउनुभयो । विसं २०७२ को भूकम्पका कारण हालसम्म एकल कला प्रदर्शनी रोकिएकाले छिट्टै प्रदर्शनी गर्ने तयारीमा वज्राचार्य हुनुहुन्थ्यो ।

मल्लकालीन कला शैलीलाई चित्रमार्फत व्यक्त गर्ने वज्राचार्य नेपाली परम्परागत कलाका क्षेत्रमा परिचित र कर्मठ व्यक्तित्व हुनुहुन्थ्यो । उहाँले नेपाली कलालाई अन्तर्राष्ट्रिय रूपमा परिचित बनाउन सकेको कलाकार सुन्दर सिंखवालले बताउनुभयो ।

नेपाल ललितकला पत्रकार समाजले ‘कलाका कुरा’ मार्फत वज्राचार्यको कला यात्राका विषयमा छलफल समेत गरेको थियो ।

उहाँका केहि  चित्रकलाः

तपाईको प्रतिक्रिया